समाज


प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद, २८ लाख क्षतिपूर्ति भराइने

प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद, २८ लाख क्षतिपूर्ति भराइने

उजिर कार्की
मंसिर ७, २०८० बिहिबार १९:०, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला भएको छ। चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ  क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो।

अभियुक्तहरू रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरी उनीहरूलाई २ वर्ष कैद र २० हजारका दरले जरिवाना हुने फैसला गरेको अदालत प्रशासनले जनाएको छ।

अभियुक्त दीपकराज ओझाले भने सफाइ पाएका छन्।

चलाउनेमाथि ०७७ असोज २० गते नेपाली कांग्रेसनिक नेविसंघका कार्यकर्ताहरूले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।

चलाउनेले उनीहरूविरुद्ध दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको थियो।

सरकारले यो मुद्दा फैसला नहुँदै फिर्ता लिने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै जिल्ला अदालतलाई फैसला गर्न भनेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .