ad ad

समाज


प्रसाईं समर्थक भन्छन्: राजतन्त्र चाहिन्छ, २० लाख ऋण मिनाहा हुनुपर्छ

प्रसाईं समर्थक भन्छन्: राजतन्त्र चाहिन्छ, २० लाख ऋण मिनाहा हुनुपर्छ

अञ्जु गिरी


विशाल कार्की
मंसिर ९, २०८० शनिबार १४:३, काठमाडौँ

दुर्गा प्रसाईंको आह्वानमा तीन दिनदेखि काठमाडौँमा भइरहेको प्रदर्शनका सहभागीले २० लाखभन्दा तलका ऋण मिनाहा हुनुपर्ने आफूहरूको माग भएको बताएका छन्। 

सोही आश्वासन पाएर आफूहरू चार दिनदेखि काठमाडौँमा बसिरहेको र माग पूरा नहुँदासम्म घर नफिर्किने उनीहरूको भनाइ छ। 

उनीहरूले आफू लघुवित्त पीडित भएको दाबी गरेका छन्।

गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापना भएमा ऋण मिनाहा हुने भ्रम उनीहरूमा भरेको देखिन्छ। 

गत बिहीबार बल्खुमा प्रदर्शन गरेका उनीहरू तीनकुनेमा कार्यक्रम गर्न नपाएपछि हाल गौशालानजिक सिफल चौरमा विरोध प्रदर्शन गरिरहेका छन्। 

सुनौँ केही महिला प्रदर्शनकारीका भनाइ जस्ताको तस्तै

१. नाम : सखना खातुन। आज ४ दिन भइसक्यो काठमाडौँ आएको। बाराको गढीमाई नगरपालिका घर। नेपालमा राजा चाहिन्छ। नेपालमा हामीहरूको किङ चाहिन्छ।

२. अञ्जु गिरी (ठेगाना माथिकै)  ः गणतन्त्र हामीलाई चाहिँदैन, राजतन्त्र चाहिन्छ। हामीहरूको २० लाख तलको ऋण मिनाहा गर्नुपर्छ। लघुवित्तमा ८ लाख ऋण छ। हामी एउटा समूहमा २० हजार, एउटामा १० हजार र अर्काेमा १० हजार किस्ता तिरिरहेका छौँ। महिनामा ४० हजार तिर्नुपर्छ। जहिलेसम्म हाम्रो माग पूरा हुँदैन, तैलेसम्म हामी जाँदैनौँ। पशुपतिनाथको चौरमा बसेका छौँ। आफ्नै खर्चमा बसिरहेका छौँ, आउँदा पनि आफ्नै भाडा तिरेर आएका हौँ। दुर्गा प्रसाईंले खर्च दिएका होइनन्।  

सुन्नुहोस् भिडिओ


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .