समाज


चक्रवर्ती कलेजमा लफडा : छोरासहितले कुटपिट गर्दा बाबुको अवस्था गम्भीर, २४ जना पक्राउ

चक्रवर्ती कलेजमा लफडा : छोरासहितले कुटपिट गर्दा बाबुको अवस्था गम्भीर, २४ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १४:२९, काठमाडौँ

काठमाडौंको बिजुली बजारस्थित चरक्रवर्ती हवी एजुकेशन एकेडेमीका सञ्चालक बाबुछोराको समूहबीच सोमबार राति ‘ग्याङ फाइट’ भएको छ।

कलेज सञ्चालनको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा सञ्चालक देवेन्द्र भण्डारी छोरा निरजसहितबाट कुटिएका छन्। 

निरजले कलेजको अध्यक्ष आफू रहेको दाबी गर्दै छिर्न खोजेका थिए। कलेज व्यवस्थापनलाई लिएर विवादमा उत्रिएका बाबुछोराबीच सोमबार कुटाकुटको अवस्था नै भएको हो। कलेजको विवाद बढ्दै जाँदा आफूलाई सुरक्षा माग्दै देवेन्द्रले प्रहरीसमे गुहारेका थिए। 

छोराको समूहबाट कुटाइ खाएका चक्रबर्ती हवी एजुकेशन एकेडेमीका सञ्चालक ६८ वर्षीय देवेन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। त्यस्तै यो घटनामा चितवनको भरतपुर घर भई हाल शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी पनि घाइते भएका छन्। रेग्मीको अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। 

छोराको समूहबाट कुटिएका भण्डारीको अवस्था गम्भीर छ। प्रहरी बृत्त नयाँबानेश्वरका अनुसार टाउकोको बीच भागमा चोट लागेका उनी बोल्न नसक्ने अवस्थामा छन्। उनलाई सिभिल अस्पतालबाट रेफर गरेर नर्भिक अस्पतालमा भर्ना गरिएको छ। 

यो प्रकरणबारेमा प्रहरीले मंगलबार छलफलको तयारी गर्दै गर्दा सोमबार राति नै बाबुछोराको समूहबीच कुटाकुट भएको हो। 

यस प्रकरणमा प्रहरीले तत्कालै २४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बाबुलाई कुटपिटमा संलग्न निरजसहित २४ जनालाई हिरासतमा लिइएको छ। 

पक्राउ परेकाहरू
१.कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ घर भई हाल का.जि बिजुलीबजार बस्ने वर्ष २७ को धिर्खबहादुर रोकाया
२.का.जि.का.म.न.पा २ चक्रपथ घर भई बस्ने वर्ष २५ को अभिनक सिंह राठोर
३.जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १२ घर भई हाल का.जि ९ बत्तिसपुतली बस्ने वर्ष ३१ को क्षितिज कोइराला
४.जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. ६ घर भई हा भक्तपुर ठिमि बस्ने वर्ष २८ को अमर बहादुर बि.क
५.जिल्ला उदयपुर कटारी न.पा. १० घर भई हाल ललितपुर चापागाउ बस्ने वर्ष २० को जिवन भुजेल
६.जिल्ला ललितपुर गोदावरी न.पा ११ चापागाउँ घर भई बस्ने वर्ष ४२ को केशव देशार
७.सल्यान बागचौर न.पा ८ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रिजन के.सी
८.जिल्ला मकवानपुर हेटौडा घर भई हाल ललितपुर चापागाउँ बस्ने वर्ष २८ को भिमलाल वाईवा
९.जिल्ला मकवानपुर घर भई हाल का.जि हाल चापागाउँ बस्ने वर्ष २७ को मनिष थिङ
१०.जिल्ला ललितपुर घर भई बस्ने वर्ष ३० को रजित बेन्जकार 
११.जिल्ला ललितपुर घर भई बस्ने वर्ष ३७ को संजय महर्जन
१२.जिल्ला काभ्रे घर हुने वर्ष ३४ को भिम बहादुर तामाङ
१३.जिल्ला काभ्रे घर हुने वर्ष ३५ को चैरमान लामा
१४.जिल्ला काभ्रे घर हुने वर्ष ४१ को हुम्बु लामा
१५.जिल्ला काभ्रे घर हुने वर्ष ३६ को छेगु लामा
१६.जिल्ला ललितपुर पाटन घर भई बस्ने वर्ष ३८ को बिजेन्द्र महर्जन 
१७.जिल्ला झापा घर भई हाल ललितपुर ईमाडोल बस्ने  वर्ष ३३ को विकास मोदे
१८.जिल्ला ललितपुर पाटन घर भई बस्ने वर्ष ३८ को  जितेन्द्र श्रेष्ठ
१९.जिल्ला मकवानपुर हेटौडा घर हुने वर्ष ३५ को  संचार सिंह भोलन
२०.जिल्ला बझाङ दुर्गाथली घर भई हाल का.जि मैतीदेवी बस्ने वर्ष २३ को सेरेन जोशी
२१.जिल्ला काभ्रे बनेपा ३ घर भई हाल का.जि बानेश्वर बस्ने वर्ष २४ को सुजित दाहाल
२२.जिल्ला गोरखा पालुङटार ३ घर भई हाल का.जि बानेश्वर वस्ने वर्ष २८ को शुशान्त पाण्डे
२३.जिल्ला बाग्लुङ राङखानी ७ घर भई हाल ललितपुर चापागाउ बस्ने वर्ष ४४ को जगत आचार्य
२४.जिल्ला काठमाडौं-३२ तीनकुने घर भएका वर्ष ३२ को निरज भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .