समाज


सुनसरीको बराहक्षेत्रमा हात्तीले कुल्चिँदा एकजनाको मृत्यु

सुनसरीको बराहक्षेत्रमा हात्तीले कुल्चिँदा एकजनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १६:४७, काठमाडौँ

सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ।

बिहीबार ज्यान गुमाउनेमा बराहक्षेत्र नगरपालिका-५ (साविक भरौल) का भीमबहादुर विष्ट रहेका छन्। 

हात्तीको आक्रमणबाट विष्टको ज्यान गएपछि सजकता अपनाउन बराहक्षेत्र नगरपालिकाले आग्रह गरेको छ।

यसअघि पनि बराहक्षेत्र नगरपालिका-५ सिमरबन बस्ने धनबहादुर माझीको ज‌ंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

घाँस, दाउरा लिन र गाई, वस्तु चराउन जंगल क्षेत्रमा जाँदा सावधानी अपनाउन नगरले भनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .