समाज


इमाडोलमा इनारमा खसेकी युवतीको उद्धार, पाटन अस्पतालमा उपचार हुँदै

इमाडोलमा इनारमा खसेकी युवतीको उद्धार, पाटन अस्पतालमा उपचार हुँदै

नेपालखबर
माघ १, २०८० सोमबार १३:५३, काठमाडौँ

ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भएको छ।

उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। 

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान इनारमा खसेकी थिइन्। उनलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार गरेर उपचारको लागि पाटन अस्पताल लगेको एसपी कार्कीले जानकारी दिए।

उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .