समाज


चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

नेपालखबर
माघ ११, २०८० बिहिबार १९:८, काठमाडौँ

मोटरसाइकल चोरीमा संलग्न एकजनालाई काठमाडौंको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाहीको बरहथवा नगरपालिका १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बागमती प्रदेश ०२–०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौलस्थित कृष्णमन्दिर नजिकबाट हराएको भनि माघ ९ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो।

वास्तविक नम्बर परिवर्तन गरि वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल, हेण्डल लक तोड्ने टी, चावीको ढिक्का, चावी र वैकल्पिक नम्बर प्लेटसहित फेला पारी लामालाई नियन्त्रणमा लिइएको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .