ad ad

समाज


सांसद पाण्डेले सरकारलाई भने : त्रिविमा उपकुलपति नियुक्त गर्दा विवेक नगुमाउनू

सांसद पाण्डेले सरकारलाई भने : त्रिविमा उपकुलपति नियुक्त गर्दा विवेक नगुमाउनू

नेपालखबर
माघ २९, २०८० सोमबार १३:५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा विवेक नगुमाउन सरकारलाई भनेका छन्। 

संघीय संसद्को शिक्षा, स्वास्थ तथा विज्ञान प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘बेलामा काम गर्न नसक्ने कुराबाट हामी ग्रस्त छौं। हाम्रो नितिगत अस्पष्टताले समस्या आयो’, उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा सिफारिस समितिले जुन बाटो रोज्यो, त्यहीँ गलत भइसकेको छ। हामीले आफैँ खोज्ने बाटो किन लियौँ? अब हामी नचाहेर पनि मेरोटोक्रेसीतिर जान्छौँ। सिफारिस समिति ब्युरोक्रेसीतिर गयो।’ 

उनले मापदण्ड बनाएका मान्छेको अवस्था के छ? भनेर समितिमा प्रश्न गरे। त्रिविको उपकुलपति नियुक्तिबारे छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव सुरेश अधिकारी थिए।

‘अब त्यो लोकसेवाको बाटोतिर गइसक्यो। हामी समितिले कसरी भन्न सक्छौँ, त्यो हस्तक्षेप कसरी गर्न सक्छौँ? मन्त्रालय र सिफारिस समितिले गलत बाटो प्रयोग गरिसक्यो’, उनले भने, ‘अब हामी कसरी यो भयो भन्न सक्दैनौँ। अब प्रतिस्पर्धाले मात्रै भयो। बौद्धिकता प्रयोग गर्ने बाटो गुमिसक्यो। बौद्धिक चोरी वा भ्रष्टाचारमा परेको मान्छेलाई कसरी अन्कभारका आधारमा प्रश्न गर्ने?’ 

पाण्डेले अब विकेवक नपुर्‍याउने हो भने घातक हुने पनि बताए। ‘अब विवेक प्रयोग गर्ने कुरा यो बेलामा प्रयोग भएन भने घातक हुन्छ’, उनले भने, ‘अब १४ जनाबाट ३ जना सिफारिस गर्ने क्रममा विवेक नगुमाउनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .