समाज


प्रेम र सम्बन्ध कर्कटको मजबुत हुँदा वैदेशिक कार्यमा कन्या अगाडि, भाग्याङ्क मकरको धेरै : फागुन १० को राशिफल

प्रेम र सम्बन्ध कर्कटको मजबुत हुँदा वैदेशिक कार्यमा कन्या अगाडि, भाग्याङ्क मकरको धेरै : फागुन १० को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १०, २०८० बिहिबार ५:२५, काठमाडौँ

आज बिहीबार, १० फागुन २०८०। अंग्रेजी तिथिअनुसार २२ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : गरेका काममा ढिलासुस्ती हुनेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक लेनदेनमा सचेत रहनुपर्नेछ। तर, साँझमा भने कहीँकतैबाट शुभ समाचार मिल्नेछ।

आजको भाग्यशाली रङ्ग हरियो रहेको छ भने भाग्यशाली अङ्क १ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४२, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्दा फाइदाजनक छ। छलकपटतिर चाहिँ नलाग्नु होला।

वृष : रमणीय र सुखद यात्राको योग छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनसक्छ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८४, व्यापारमा ७२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङ्ग त्यति फलिफाप छैन, प्रयोग नगर्नु बेस हुन्छ।

मिथुन : दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेमसम्बन्ध बढेर जानेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ८० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कर्कट : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८५, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। यात्राको योग उच्च रहे तापनि फलप्राप्ति त्यति राम्रो छैन। त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

सिंह : कार्य सम्पादनमा समस्या आउला। सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ। मनमा दुबिधा उत्पन्न हुनेछ तर साँझमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होलान्।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ४६, व्यापारमा ४१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्दा जटिल काम सम्पन्न हुन सक्छ। खरानी रङ्गको प्रयोग गर्नु उपयुक्त छैन।

कन्या : पुनर्मिलनको विशेष योग रहेको छ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम प्रस्ताव आउन सक्छ। सेयर बजार या पुँजी बजारले साथ दिनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो हो भने भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ७२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

तुला : नयाँ कार्यको थालनी हुने र धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। शिक्षामा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा पनि ७१ , वैदेशिक कार्यमा ५९ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा गुलाबी रङ्गको प्रयोग उपयुक्त छैन, नगरेकै बेस।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ। नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ। साँझमा भने व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ भने प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५७, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउनेछन् तर आवेगमा भने लगानी नगर्नु होला।

धनु : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्चसमेत बढ्ने योग छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४८, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्राले गतिलो फल दिँदैन, सकेसम्म नजानु होला।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क ५ रहेको छ।  त्यस्तै, प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमीको सल्लाहअनुसार काम गर्दा सफल भइनेछ। प्याजी रङ्गको प्रयोग नगर्नु होला।

कुम्भ : विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। भोजमा सहभागी हुने अवसर आउनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। प्रेम जीवनमा सफलता प्राप्त हुनेछ तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८८, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७० र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। दक्षिण दिशाको यात्रा भने नगर्नु होला, फल राम्रो छैन।

मीन : सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नजिकका आफन्त र मित्रसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ९ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५०, व्यापारमा ३६, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ८७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो चाहिँ नबोल्नु होला, यसले बनिसकेको काम पनि बिग्रन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .