ad ad

समाज


संसद् भवन परिसरबाट ४९ लघुवित्त पीडित पक्राउ

संसद् भवन परिसरबाट ४९ लघुवित्त पीडित पक्राउ

नेपालखबर
फागुन १४, २०८० सोमबार १६:१८, काठमाडौँ

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका ४९ जना लघुवित्त पीडित पक्राउ परेका छन्।

सुरक्षा घेर तोडेर संसद् भवनभित्र प्रवेश गरेका र बाहिरका समेत गरी ४९ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए।

उनीहरूलाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका हुन्।

संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .