ad ad

समाज


भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालखबर
असोज ६, २०८१ आइतबार १०:१८, चितवन

चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–२ नारायणगढको लीला चोकमा शनिबार तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा बा. प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 

दुर्घटनामा पूर्वी नवलपरासीको गैँडाकोटका ३६ वर्षीय रविन थापा र लमजुङ दुधपोखरी गाउँपालिका–६ का ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

मृत्यु हुने थापा मोटरसाइकल चालक हुन् भने गुरुङ पछाडि सवार थिए। उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका व्रmममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .