ad ad

समाज


भारतसँगको सीमाक्षेत्रमा राख्न थालियो राष्ट्रिय झण्डा

भारतसँगको सीमाक्षेत्रमा राख्न थालियो राष्ट्रिय झण्डा

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:१५, काठमाडौँ

सुनसरीस्थित भारतको सीमा क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा राख्न थालिएको छ।

जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार उक्त अभियान थालिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरीको व्यवस्थापनमा कोसी गाँउपालिकासँग सहकार्य गरेर झण्डा राख्न थालिएको हो।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत यही फागुन १२ देखि १६ गतेसम्म सञ्चालन भएको सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम समापनपछि सीमा क्षेत्रमा झण्डा राखिएको हो। 

सीमा क्षेत्रका बासिन्दामा राष्ट्रियताको भावनालाई अझ सुदृढ गराउने उद्धेश्यले मुख्य सीमा स्तम्भ, मुख्य नाका तथा सीमाक्षेत्रका सशस्त्र प्रहरी बलका पोष्टहरूमा झण्डा डेक्ससहित राष्ट्रिय झण्डा राख्ने कार्यक्रम थालिएको हो।

पहिलो चरणमा कोसी गाउँपालिका वडा न ८ तीनकुने स्थित मुख्य नाकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायको उपस्थितिमा झण्डा राखिएको हो।

सुनसरी क्षेत्र ४ 'ख' का प्रदेश सभासद इसराइल मन्सुरी, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सुनसरी जिल्ला सरकारी कार्यालय प्रमुखहरू, पत्रकार र स्थानीय बासिन्दाको उपस्थितमा झण्डोत्तोलन गरिएको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .