ad ad

समाज


आज तपाईंको भाग्यशाली अङ्क र रङ्ग कुन? हेर्नुस् फागुन २० को राशिफल

आज तपाईंको भाग्यशाली अङ्क र रङ्ग कुन? हेर्नुस् फागुन २० को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २०, २०८० आइतबार ४:५१, काठमाडौँ

आज आइतबार, २० फागुन २०८०। तदनुसार ३ मार्च२०२४। हेर्नुस् आजको राशिफल-

मेष : गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ तर आफन्तको साथ र सहयोग भने पाइनेछ।

भाग्यशाली रङ्ग घिउ रङ्ग र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मातापिताको आशीर्वाद लिएर काम गर्दा सफलता मिल्नेछ। छलकपट गर्नाले आफैँलाई हानि गर्नेछ। 

वृष : रमणीय र सुखद यात्राको योग छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ८० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ८४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन।

मिथुन : अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। रमाइलो यात्राको योग छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ८० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ बढी सफल भइनेछ। अरूलाई दुस्ख दिने काम चाहिँ नगर्नु होला।

कर्कट : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। बोलीको प्रभाव पनि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ७१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाब लिएर काम गर्नु राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग नगर्नु होला।

सिंह : मन भावुक र उत्ताउलो बन्न सक्छ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ४१, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ३५ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिँदा पुण्य प्राप्ति होला। कालो रङ्गको प्रयोग नगर्ने।

कन्या : मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन्। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो चाहिँ नबोल्नु होला, झुट बोलेमा बनिसकेको काम पनि बिग्रन सक्छ।

तुला : शुभ कार्यमा सरिक भइनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेममा मधुरता छाउनेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६५, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग फलदायी छैन।

वृश्चिक : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। पुनर्मिलनको पनि रहेको छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ८१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग नगर्नु होला।

धनु : मित्रहरूले दिएको वचन फेरिन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ।

भाग्यशाली रङ्ग आकाशे हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५३, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशातर्फको यात्रा फलदायी छैन, भरसक नगरेकै राम्रो।

मकर : नयाँ कार्यको योजना बन्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। सांस्कृतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला। 

कुम्भ : अनुहारमा चमक र मनमा प्रसन्नता छाउनेछ। खानपिनको विविध परिकार खान पाइनेछ। कृषि कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन, सकेसम्म नजानु होला।

मीन : लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक र धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ६८, व्यापारमा ५७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी फल मिल्नेछ। झुटो चाहिँ नबोल्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .