ad ad

समाज


तपाईंको स्वास्थ्य स्थिति कस्तो रहला? यस्तो छ फागुन २७ को राशिफलमा

तपाईंको स्वास्थ्य स्थिति कस्तो रहला? यस्तो छ फागुन २७ को राशिफलमा

पण्डित नारायणप्रसाद दुलाल
फागुन २७, २०८० आइतबार ५:२, काठमाडौँ

आज आइतबार, २७ फागुन २०८०। तदनुसार १० मार्च २०२४। हेर्नुस् आजको राशिफल-

मेष : सामाजिक र कुटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हतास नहुनु होला।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कार्य गर्दा बढी फल मिल्नेछ। निलो रङ्गको प्रयोग त्यति उपयुक्त छैन।

वृष : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि होला। सेयर बजारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५८, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। यात्राको योग उच्च छ तर फलदायी हुने देखिँदैन। त्यसैले भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ। विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा चाहिँ सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७१, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। पूर्व दिशाको यात्रा फलदायी छैन।

कर्कट : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। कुनै कुराले मन दुस्खी हुन सक्छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ३९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४६ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

सिंह : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५६, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिनाले सोचेको कार्य पूरा हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

कन्या : धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ कार्यको योजना र रोजगारीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। टाढा रहेका साथीभाइसँग मनोरञ्जक भेटघाट हुनेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग पनि ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

तुला : रोकिएका काम सम्पादन हुनेछन्। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। सफल र रमाइलो यात्राको योग छ। शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला। यसले आफैँलाई हानि गर्नेछ।

वृश्चिक : यात्रामा मालसामान हराउन सक्छ। विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। व्यक्तिगत खुसीका लागि केही खर्च हुन सक्छ। मनमा चञ्चलता बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४९, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ६० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। कसैकसैलाई छलकपट गर्न खोज्दा अपजस आइलाग्ने योग भएकोले छलकपटतिर लाग्दै नलाग्ने।

धनु : परोपकारी कार्यमा भूमिका निर्वाह गरिनेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

मकर : प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार-व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ८९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ सम्झेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। उत्तर दिशाको यात्रा फलदायी छैन, भरसक नजानु होला। 

कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कामको धपेडी भए पनि सफलता मिल्नेछ। समाजिक कार्यमा मन जाला। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी वा निलो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७७, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला। 

मीन : मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। सुखदुःख बराबरी खालको समय छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ५ हो। प्रेम र सम्बन्धमा ८६, व्यापारमा ७९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा पुण्य प्राप्ति होला। कालो रङ्गको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .