ad ad

कारोबार


विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

नेपालखबर
फागुन २७, २०८० आइतबार ५:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार भएको कारबोर मूल्यमै आज पनि विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो। 

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको कारोबार यही मूल्यमा भएको थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। 

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .