राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ।
अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर आइतबार एक पुरुषमाथि कुटपिट भएको हो। कुटाइ खाने व्यक्तिको नाम खुलेको छैन।
धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा ती पुरुषमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएकाे छ।
भाग्दै गरेको अवस्थामा केही व्यक्तिहरूले लखेट्दै उनलाई कुटपिट गरेका हुन्।
कुटपिट हुँदा राप्रपा उपाध्यष रवीन्द्र मिश्र नेताहरु विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, दीपक सिंह लगायत घटनास्थलमै देखिएका छन्।
याे घटनाका सम्बन्धमा राप्रपाले केही बताएको छैन।
1.8k
Shares
प्रतिक्रिया