ad ad

समाज


भैँसेपाटी जंगलमा मृत भेटिएका युवकको सनाखत

भैँसेपाटी जंगलमा मृत भेटिएका युवकको सनाखत

नेपालखबर
फागुन २९, २०८० मंगलबार ९:३५, काठमाडौँ

ललितपुरको भैँसेपाटी जंगलमा फेला परेको युवकको शवको सनाखत भएको छ। 

मंगलबार बिहान ललितपुर महानगरपालिका- २५ भैँसेपाटीस्थित सल्लाघारी जंगलमा प्रहरीले एक युवकको शव फेला पारेको थियो। 

उक्त शव ललितपुर महानगरपालिका- १८ का ३२ वर्षीय ईश्वर गिरीको भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

‘उनी तीन दिनअघि नै घरबाट हराएका रहेछन्,’ एसपी सुवेदीले नेपालखबरसँग भने, ‘मृत्युको कारण खुलेको छैन। शव भर्खरै पोष्टमार्टमको लागि पाटन अस्पताल पुर्याएका छौँ।’

गिरी हराएपछि परिवारका सदस्यले उनको खोजीको लागि प्रहरीलाई उजुरी गरेका थिए। 

‘सोही उजुरीको आधारमा हामीले अस्तिदेखि नै उनको खोजी गरिरहेका थियौँ,’ एसपी सुवेदीले भने, ‘मंगलबार बिहान गस्तीमा गएको प्रहरी टोलीले गिरीको शव भेटेको हो।’

मृतकको शरीरमा कतै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। उनी लागू औषध प्रयोगकर्ता भएको आशंका प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .