ad ad

समाज


विदेश जाने सोचमा हुनुहुन्छ? कति छ भाग्याङ्क हेर्नुस् फागुन ३० को राशिफल

विदेश जाने सोचमा हुनुहुन्छ? कति छ भाग्याङ्क हेर्नुस् फागुन ३० को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ३०, २०८० बुधबार ५:१, काठमाडौँ

आज बुधबार, ३० फागुन २०८० (१३ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रोकिएका वैदेशिक क्षेत्रको कार्य र घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ। सामाजिक प्रतिष्ठा कमाउने बेला छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

वृष : सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

मिथुन : शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७१, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्राको योग उच्च रहे पनि खासै फलदायी देखिँदैन। त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

कर्कट : रमाइलो यात्राको योग छ। दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला। घरमा पाहुनाको आगमन हुने सम्भावना छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

सिंह : सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। श्रममूलक वा कृषि क्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग उपयुक्त छैन।

कन्या : अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। साँझमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ यद्यपि मित्रवर्गकै सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुने योग पनि छ।

भाग्यशाली रङ पर्पल हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४९, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग खासै फाप्दैन।

तुला : कला र गलाको प्रभाव बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६८, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७० र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : कला र गलाको प्रभाव बढ्नेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ८० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मिल्नेछ। उत्तर दिशाको यात्रा फलदायी देखिँदैन।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ। धन हात पर्न सक्छ तर खानपान र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ सेतो रहेको छ भने भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

मकर : मनमा चञ्चलता, निराशा र शरीरमा आलस्य आउला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ जसले मानसिक चिन्ता बढ्नेछ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सोचेको पूरा हुनेछ। खरानी रङ्गको प्रयोग उपयुक्त छैन।

कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बोलीले अरूलाई प्रभावित पारेर काम बन्न सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७७, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७० र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन।

मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। अधिकार प्रयोग गर्न पाइनेछ। स्वास्थ्य स्थिति अनुकूल नै रहने भए पनि सजग चाहिँ रहनु पर्छ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कुनै नयाँ कामको थालनी गर्नुअघि वृक्षारोपण गर्दा अधिक फल मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .