समाज


श्याम घिमिरेको चेतावनी : सांसदलाई ५० करोडका योजना नदिए बजेट फेल गरिदिन्छौँ

श्याम घिमिरेको चेतावनी : सांसदलाई ५० करोडका योजना नदिए बजेट फेल गरिदिन्छौँ

नेपालखबर
चैत १, २०८० बिहिबार १३:२८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई कम्तीमा ५० करोड रुपैयाँसम्मका योजना दिन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले १६५ निर्वाचन क्षेत्रमा सांसद्को सिफारिसमा ५० करोडसम्मका योजना नदिए बजेट पास नगराउने चेतावनी दिएका छन्। 

‘प्रधानमन्त्रीज्यूको गत वर्षको घोषणाअनुसार यस वर्ष बजेट निर्माणमा सांसदहरूको भूमिका र सहभागिता नभए  पास गर्न सहयोगी बन्न सक्दैनौँ,’ उनले भने, ‘विपक्षीको पनि बजेट पास गर्ने क्रममा के भूमिका हुन्छ भन्ने कुराको नजिर संसद्मा स्थापित भइसकेको कुरा म स्मरण गराउन चाहन्छु। स्वयम् प्रधानमन्त्रीको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ।’

सांसद घिमिरेले ५/१० करोडका योजना आफूहरूले माग नगरेको पनि बताए। 

‘हामीलाई पाँच करोड, १० करोडको चाहिएको होइन। १६५ निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडका योजना दिइयोस्। कार्यान्वयन सरकारले गर्ने हो,’ उनले भने,‘यदि संसद्को बजेट निर्माणमा सहभागिता शून्य बनाइयो भने बजेट पास हुँदैन भन्ने कुरा हामी विपक्षी सांसदले मात्र होइन। सत्ता पक्षकै सांसदले भनेको कुरा म सम्माननीय प्रधानमन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहान्छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .