ad ad

समाज


सिंह परीक्षामा पास, कर्कटलाई व्यापारमा लाभ, अन्यको जान्न हेर्नुस् चैत २ को राशिफल

सिंह परीक्षामा पास, कर्कटलाई व्यापारमा लाभ, अन्यको जान्न हेर्नुस् चैत २ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत २, २०८० शुक्रबार ५:३, काठमाडौँ

आज शुक्रबार, २ चैत २०८० (१५ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले काम अगाडि बढ्नेछ। अधुरा र रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग उचित छैन।

वृष : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मानप्रतिष्ठामा वृद्धि होला।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, वैदेशिक कार्यमा ८० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग फाप्ने देखिएन।

मिथुन : स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। कुनै कुराले मन दु:खी हुन सक्छ। कार्य सम्पादनमा समस्या आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

कर्कट : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आस मारिसकेको काम बन्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा चाहिँ सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७९, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता दर बढ्नेछ। उत्तर दिशातर्फको यात्रा उपयुक्त छैन।

सिंह : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हताश नहुनु होला।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

कन्या : शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति, हर्ष, उमङ्ग र उत्साह छाउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। साथीभाइसँग मनोरञ्जक भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग फलदायी छैन।

तुला : मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। मनमा चञ्चलता बढ्नेछ। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, वैदेशिक कार्यमा ८० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग फलदायी छैन।

वृश्चिक : कार्य सम्पादनमा सहजता मिल्नेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ। शुभ समाचार पनि सुन्न पाइएला।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कामको सुरु गर्नुअघि वृक्षारोपण गर्दा राम्रो प्रतिफल आउला। अखाद्य वस्तुको सेवन नगर्नु होला।

धनु : धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

मकर : परिवारमा धार्मिक कृत्यको योग छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। व्यापार, व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

कुम्भ : झन्झटिलो काममा संलग्न हुनुपर्ने छ। मन भावुक र उत्ताउलो बन्न सक्छ। डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। मध्य दिनबाट आफन्तको सहयोगले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ४ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी देखिँदैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

मीन : अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .