ad ad

समाज


एक्सनमा गृहमन्त्री : सुन तस्करी प्रतिवेदन कार्यान्वयन गर्न आईजीपीसँग गोप्य बैठक

एक्सनमा गृहमन्त्री : सुन तस्करी प्रतिवेदन कार्यान्वयन गर्न आईजीपीसँग गोप्य बैठक

नेपालखबर
चैत १, २०८० बिहिबार १७:१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको पहल थालेका छन्। 

आयोगले आज बिहान प्रतिवेदन बुझाएपछि उनले कार्यकक्षमा ढोका थुनेर एक्लै अध्ययन गरेका थिए। अध्ययन गरिसकेर बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ब्रिफ’ गरेका थिए।

प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबार आइपुगेका मन्त्री लामिछानेले तुरुन्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर गोप्य बैठक गरेका छन्। 

मन्त्री लामिछानेले सुन तस्करीविरुद्ध कारबाही अघि बढाउन निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ। 

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई बिहीबार बिहान प्रतिवेदन बुझाएको थियो।

सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले नेपालखबरलाई जानकारी दिए। 

भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए। 

प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर/डीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ। साथै, निर्दोष देखिएका व्यक्तिको नामावलीसहितको प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको उनले बताए। 

विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनेको थियो। आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए। 

राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागेका बेला सरकारले आयोग गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .