समाज


एक हप्तामा १७ हजारबढी ट्राफिक उल्लंघनका घटना

एक हप्तामा १७ हजारबढी ट्राफिक उल्लंघनका घटना

फाइल फोटो


नेपालखबर
चैत २, २०८० शुक्रबार १७:२९, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लंघनका घटना दर्ता भएको जनाएको छ।

कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए।

उनले भने, ‘ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ। सवारी चलाउँदा कहिल्यै पनि प्रतिष्पर्धाको भावनाबाट चलाउनुहुँदैन। सडक अनुशासन पालना गरौँ।’

उनले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताए।

सबैभन्दा बढी कारबाही तीव्रगतीमा सवारी साधन चलाउँदा भएको देखिन्छ। एक हप्तामा तीव्रगतीमा सवारी साधन चलाउने दुई हजार सात सय ५८ चालक कारबाहीमा परेका छन्।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लेन अनुशान उल्लङ्घनमा सात सय ६६, मादक पदार्थ सेवन गरेका छ सय ४०, रेडलाइट नियम पालना नगरेका पाँच सय ८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी काठमाडौँ जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन्। जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। ती दुर्घटनामा साधारण घाइतेको सङ्ख्या भने एक सय चार छ।

ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार सात सय ५९ जनाले सचेतना कक्षा लिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .