समाज


सीआईबी प्रमुख बज्राचार्य हेडक्वार्टर फिर्ता

सीआईबी प्रमुख बज्राचार्य हेडक्वार्टर फिर्ता

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १८:४०, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईबी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।

सुन प्रकरणमा गम्भीर त्रुटी गरेको र अभियुक्तहरूलाई जोगाएको, भगाएको लगायत आरोपपछि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेको हो। 

६१ किलो र भेपको सुन प्रकरणको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको आयोगले सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च तहका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउँदै प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको हो।

त्यसअघि नै एसपी सञ्जयसिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई पनि फिर्ता बोलाउने निर्णय भइसकेको छ। उनीहरूलाई पनि प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।

बज्राचार्यलाई हेडक्वार्टर सरुवा गर्दै अर्का एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .