ad ad

समाज


आजका भाग्यशाली अङ्‌क १-४ र ६-८, तपाईँको कुन? हेर्नुस् चैत ८ को राशिफल

आजका भाग्यशाली अङ्‌क १-४ र ६-८, तपाईँको कुन? हेर्नुस् चैत ८ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत ८, २०८० बिहिबार ५:६, काठमाडौँ

आज बिहीबार, ८ चैत २०८० (२१ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ, अतः सजग गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापनका बाधा हट्नेछन्। खरानी रङको प्रयोग उपयुक्त छैन।

वृष : धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो यात्रा सुखद र सफल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५२, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। सेतो रङको प्रयोग उपयुक्त छैन।

कर्कट : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६२, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग फाप्ने देखिएन।

सिंह : केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

कन्या : विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। तर, सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

तुला : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन तथा दीर्घकालीन कामको थालनी गर्नुपूर्व वृक्षारोपण गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

धनु : दिन त्यति राम्रो देखिँदैन। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।

भाग्यशाली रङ गुलाबी हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४४, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३३, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ३० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग नगर्नु होला।

मकर : अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। स्वादिष्ट भोजन पाइनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। तर, विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। पारिवारिक सद्‌भाव र सहयोग मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६५, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नयाँ कामको थालनी गर्नुपूर्व वृक्षारोपण गर्दा दीर्घकालीन फाइदा हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग भरसक नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .