ad ad

कारोबार


बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

नेपालखबर
चैत ७, २०८० बुधबार १८:४२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थाबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले १४ दिनको लागि निक्षेप खिच्न लागेको हो।

यसको लागि बिहीबार ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। सोही दिन निक्षेप संकलन उपकरण निष्काशन गरिनेछ। 

यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने आगामी २२ गते सावाँ तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

५० अर्बमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने जनाइएको छ। 

उक्त निक्षेप रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ। यससम्बन्धी बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। 

निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने र कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .