समाज


कोदालो प्रहारबाट घाइते महिलाको मृत्यु, दुईजनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

कोदालो प्रहारबाट घाइते महिलाको मृत्यु, दुईजनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

नेपालखबर
चैत ८, २०८० बिहिबार १५:४०, कञ्चनपुर

बैतडीमा कोदालो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुुसार डिलाशैनी गाउँपालिका– ७ धामीगाउँकी ५६ वर्षीया पार्वती धामीको हत्या गरिएको हो।

हत्या संलग्नताको आरोपमा उनकै श्रीमान् ६२ वर्षीया किसन सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार धामीले श्रीमती पार्वतीमाथि कोदालोको बिँडले आक्रमण गरेका थिए। घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

धामीले अन्य दुई जनामाथि पनि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन्।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

घाइते कलौनी डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख हुन्। भट्ट डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन्।

उनीहरु धामीको घरमा डेरामा बस्दै आएका थिए। कोदालो प्रहार गर्नुको कारण खुलेको छैन। कोदालो प्रहार गर्ने धामीलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .