ad ad

समाज


राशिफल १० चैत : यस्तो रङले पार्नेछ आज तपाईंको दिन उज्यालो

राशिफल १० चैत : यस्तो रङले पार्नेछ आज तपाईंको दिन उज्यालो

पण्डित नारायणप्रसाद दुलाल
चैत १०, २०८० शनिबार ४:५२, काठमाडौँ

आज शनिबार, १० चैत २०८० (२३ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुन सक्छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा भने प्रशस्त फाइदा हुने योग छ। तर, अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य बिग्रन सक्छ।

भाग्यशाली रङ गुलाबी वा सेतो हो भने भाग्याशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृष : सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। मनमा दुबिधा उत्पन्न हुनेछ। स्वास्थ्य प्रतिकूल हुन सक्छ तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरी कामको आरम्भ गर्नु श्रेयस्कर छ। उत्तर दिशाको यात्रा नगरेकै बेस।

मिथुन : भ्रमण र तीर्थाटनको योग रहेको छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। पढाइलेखाइमा उल्लेख्य सुधार आउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ५० र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

कर्कट : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट बोलेमा उल्टै समस्यामा परिनेछ।

सिंह : पुनर्मिलनको योग छ। ठूला व्यक्तिसँगको  भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ। सेयर बजारमा केही उतारचढाव हुनेछ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ।

भाग्यशाली रङ निलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाबीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, वैदेशिक कार्यमा ४७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा कार्य सम्पादन चुस्त बन्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

तुला : आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। शुभकार्यमा सरिक भइनेछ। आँटेको र ताकेको कार्य पूरा होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। यात्रा त्यति फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगरेकै बेस।

वृश्चिक : दिन सामान्य नै रहनेछ। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रतिस्पर्धाबाट फाइदा हुने योग छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा बढी सफलता मिल्नेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

धनु : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। बजारले भने धोका दिन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।

मकर : सुखदुःख बराबरी खालको दिन छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान-सम्मानमा आघात पर्न सक्छ। साँझमा भने प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउला तर आवेगमा लगानी नगर्नु होला।

कुम्भ : साथीभाइसँग समय बित्नेछ। धार्मिक र शुभकार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

मीन : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्ति हुनेछ। मध्य दिनमा भने धनमाल हराउने योग भएकाले सजग रहनुहोला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नो पेसामा बढुवा तथा सरुवाको योग छ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उपयुक्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .