ad ad

राजनीति


एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : उपाध्यक्ष भुसाल

एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : उपाध्यक्ष भुसाल

नेपालखबर
चैत ९, २०८० शुक्रबार १५:५७, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताएकी छन्।

भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा (एमाले) सहभागी नभएपनि मोर्चा कायम रहने बताएकी हुन्। वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताए।

उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताइन्।

उनले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै बृहत हुन सक्ने बताइन्। नेत्री भुसालले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने बताइन्।

उनले भनिन्, ‘एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि ठिकै छ। तर नआएपनि हामी यो मोर्चालाई अगाडी बढाउँछौँ। यसको उद्देश्य यो हो भनेर आपसी असमझदारी सरकारमा एक ठाउँमा हुने मोर्चामा नहुँदाखेरीको कुनै कन्फ्युजन नहोस् भन्नलाई पनि यो बारेमा छलफल भएको हो।’

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमती बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन्। हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको  नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उनले जानकारी दिइन्।

मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाई छ।

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताइन्। उनले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .