ad ad

समाज


ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको भवन उद्घाटन

भारतको १३ करोड ७८ लाख लगानीमा पुनर्निर्माण
ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको भवन उद्घाटन

नेपालखबर
चैत ९, २०८० शुक्रबार १८:५१, काठमाडौँ

भारत सरकारको आर्थिक सहयोगमा ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत उक् भवन बनेको हो। 

भवनको सहरी विकास मन्त्री धनबहादुर बुढा र भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरे।

उक्त समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधि, नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरू उपस्थित थिए।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको ज्येष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ करोड ७८ लाख अनुदान सहयोगमा पुनर्निर्माण भएको हो।

कार्यक्रममा मन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे।

भारत सरकारले नेपालका ७ वटा जिल्लाका २८ वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।

यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ। 
यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्‍याएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .