ad ad

समाज


विभिन्न देश पठाइदिने बहानामा ठगी, पाँच आरोपी पक्राउ

विभिन्न देश पठाइदिने बहानामा ठगी, पाँच आरोपी पक्राउ

नेपालखबर
चैत ९, २०८० शुक्रबार १८:१३, काठमाडौँ

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन हुनेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

चैत ९ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका युवराज सापकोटा, काठमाडौंको बूढानीलकण्ठका श्रृति शाही, सोही स्थानका कुमार खड्का, मन्दिरा बोम्जन गुरुङ, कैलाली टीकापुरकी अस्मिता बम र सुनसरीको भोक्राहकी अनिता कुमारी यादव रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .