ad ad

समाज


आज राति यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

तीनवटा प्रदेशमा हिमपात पनि हुने अनुमान
आज राति यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत ९, २०८० शुक्रबार १९:२२, काठमाडौँ

पश्चिमी न्यून चापीय प्रणाली र भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ। 

यस क्रममा आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

साथै राति कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

मौसम महाशाखाले शुक्रबार (आज) साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .