ad ad

समाज


शीतलकृष्णको स्पष्टीकरण: जीवनमा यस्तो मोड आयो- मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्‍यो (भिडिओ)

शीतलकृष्णको स्पष्टीकरण: जीवनमा यस्तो मोड आयो- मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्‍यो (भिडिओ)

फाइल फाेटाे : आचार्य श्री शीतलकृष्णजी महाराज


नेपालखबर
चैत ९, २०८० शुक्रबार २०:३८, काठमाडौँ

‘हिन्दु धर्मगुरु’का रूपमा परिचित भागवत कथावाचक आचार्य श्री शीतलकृष्णजी महाराजले श्रीमती स्वीकृति पौडेलसँगको विवादबारे मुख खोलेका छन्। 

शुक्रबार भिडिओ सन्देश जारी गर्दै शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने बाध्यता आइलागेकाले आफूले मातापिता रोजेको बताएका छन्।  

‘जीवनमा यस्तो मोड आयो– मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्‍यो। संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ, मबाट यही भूल भयो सायद’, शीतलकृष्णले भिडिओमा भनेका छन्, ‘मैले आफ्नो गृहस्थी चलाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु।’

श्रीमती र आफ्नो आचरण र विचार नमिलेको उल्लेख गर्दै श्रीमतीकै हितका लागि आफूले जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिएको दाबी उनले गरेका छन्। 

उनले भनेका छन्, ‘गएको साउन महिनामा लगभग ९ महिनापूर्व, मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको थिएँ।’

अब आफू अदालतको फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले त्यसअघि यस विषयमा थप टिकाटिप्पणी आफूले पनि नगर्ने र अरूलाई नगर्न अनुरोध गरेका छन्। 

‘सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि सम्मानित अदालतको अन्तिम अन्तिम फैसलाको, अन्तिम निर्णयको प्रतीक्षामा रहेकोले यसप्रति मेरो अन्य टिकाटिप्पणी केही पनि छैन’, शीतलकृष्णले भिडिओमा भनेका छन्, ‘यहाँहरूलाई पनि यस विषयमा सम्मानित अदालतको निर्णय नआउन्जेलसम्म म थप टिकाटिप्पणी, चर्चा, परिचर्चा नगरिदिनहुन हार्दिक निवेदन गर्दछु। साथै भक्त सज्जनहरूलाई प्रतीक्षा गर्न, धैर्य गर्न पनि निवेदन गर्न चाहन्छु।’

यस क्रममा उनले श्रीमती स्वकृति पौडेलले पत्रकार सम्मेलन गरेर लगाएका सबै आरोप निराधार र असत्य भएको दाबी पनि गरेका छन्।   

यस्तो छ शीतलकृष्णको पूरा भनाइ
यतिबेला सामाजिक सञ्जालमा मप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गएको साउन महिनामा लगभग ९ महिनापूर्व, मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको थिएँ। जीवनमा यस्तो मोड आयो– मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्‍यो। संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ, मबाट यही भूल भयो सायद। मैले आफ्नो गृहस्थी चलाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु। अन्यथा अस्ति रिस र आवेगमा आएर पत्रकार सम्मेलन गरेर श्रीमतीज्यूले जुन जुन आरोप मप्रति लगाउनुभएको छ, ती सबै निराधार र सत्य नभएको म यहाँहरू सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि सम्मानित अदालतको अन्तिम अन्तिम फैसलाको, अन्तिम निर्णयको प्रतीक्षामा रहेकोले यसप्रति मेरो अन्य टिकाटिप्पणी केही पनि छैन। यहाँहरूलाई पनि यस विषयमा सम्मानित अदालतको निर्णय नआउन्जेलसम्म म थप टिकाटिप्पणी, चर्चा, परिचर्चा नगरिदिनहुन हार्दिक निवेदन गर्दछु। साथै भक्त सज्जनहरूलाई प्रतीक्षा गर्न, धैर्य गर्न पनि निवेदन गर्न चाहन्छु।   

सुन्नुहोस् शीतलकृष्णको भिडिओ सन्देश-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .