समाज


‘कमेडी च्याम्पियन’ सञ्चालक विशाल भण्डारी प्रहरीको नियन्त्रणमै, एक घाइतेको अवस्था गम्भीर

‘कमेडी च्याम्पियन’ सञ्चालक विशाल भण्डारी प्रहरीको नियन्त्रणमै, एक घाइतेको अवस्था गम्भीर

फाइल तस्बिर : विशाल भण्डारी


नेपालखबर
चैत १०, २०८० शनिबार १०:२७, काठमाडौँ

कार दुर्घटनामा परेका ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी अझै प्रहरीको नियन्त्रणमा छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार घटना अनुसन्धानका लागि निर्देशक भण्डारी र पुजन अधिकारीलाई शुक्रबारदेखि भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको नियन्त्रणमा राखिएको हो। 

‘दुर्घटनामा परेको कार दुई जनामध्ये कसले चलाएको भन्ने विषयमा सोधपुछ भइरहेको छ’, डीएसपी पाठकले शनिबार बिहान नेपालखबरसँग भने, ‘विशाल भण्डारीले नै चलाएका थिए भन्ने बुझिएको छ, तर उनले चाहिँ पुजनले चलाएको भनिरहेका छन्। यही स्पष्ट नभएकाले उनीहरूलाई प्रहरीको नियन्त्रणमै राखिएको हो।’ 

शुक्रबार बिहान भक्तपुरकै नगरकोटबाट फर्किंदै गरेको बा–१–०२६ ०३५९ नम्बरको कार जगातीमा रोकिराखेको टिप्परसँग ठोक्किँदा कारमा सवार विशाल भण्डारीसहित ४ जना घाइते भएका थिए। 

घाइतेमध्ये सुशान्त बस्यालको अवस्था अलि गम्भीर रहेको र उनको उपचार मध्यपुर ठिमी अस्पतालमा जारी रहेको डीएसपी पाठकले जानकारी दिए।

‘अन्य घाइतेको अवस्था सामान्य रहेको बुझिएको छ’, उनले भने, ‘प्रहरीको नियन्त्रणमा रहेका भण्डारी र अधिकारी त हिजै डिस्चार्ज भएका हुन्।’

गम्भीर घाइते सुशान्तसँगै अर्का एक जना पनि उपचाररत रहेको तर उनको अवस्था सामान्य रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .