ad ad

समाज


भेरी नदीमा बेपत्ता गोविन्द थारु खोज्न गोताखोर टोली परिचालन

भेरी नदीमा बेपत्ता गोविन्द थारु खोज्न गोताखोर टोली परिचालन

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार ११:१, काठमाडौँ

तीन दिनदेखि भेरी नदीमा बेपत्ता गोविन्द थारु खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।

यही चैत १२ गते नुहाउने क्रममा जाजरकोट भेरी नगरपालिका–१३, स्थित भेरी नदीमा ३५ वर्षीय थारु बेपत्ता भएका थिए।

उनको खोजीका लागि सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज बिहान ४ जना गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको हो। 

यसअघि थारु बेपत्ता भएलगत्तै आश्रित गुल्म जाजरकोटबाट निरन्तर खोजी भइरहे पनि फेला नपरेपछि गोताखोर खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .