ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
ललितपुर, महाङ्काल गाउँपालिका ५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा ९४ प ६३४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
बिहीबार राति दुर्घटना हुँदा त्यही ठाउँ बस्ने चालक ५२ वर्षीय रमेश प्रसाद बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
213
Shares
प्रतिक्रिया