ad ad

समाज


राशिफल २० चैत : आजका भाग्यशाली रङ सात वटा, तपाईंको कुन?

राशिफल २० चैत : आजका भाग्यशाली रङ सात वटा, तपाईंको कुन?

पण्डित नारायणप्रसाद दुलाल
चैत २०, २०८० मंगलबार ४:४६, काठमाडौँ

आज मङ्‌गलबार, २० चैत २०८० (२ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा अप्ठेरो परिस्थितिको सामना गर्न सहज हुनेछ। झुट चाहिँ नबोल्नु होला।

वृष : यात्रामा मालसामान हराउन सक्छ। यसै कारणले मनमा निराशा आउला। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्‍याउनु होला। प्रेमी/प्रेमिकाको साथ-सहयोग रहनेछ। साँझमा धन हात पर्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४९, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन। तसर्थ, भरिसक्के लामो यात्रा नगर्नु होला।

मिथुन : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्दा बढी सफलता मिल्नेछ। खरानी रङको प्रयोग फाप्दैन।

कर्कट : आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कामको सुरुआत गरेमा आर्थिक सङ्‌कटबाट छुटकारा पाइनेछ। दक्षिण दिशाको यात्रा भरसक नगरेको बेस।

सिंह : नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा सफल भइनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कन्या : नियमित खर्च बढ्ने योग छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ३६ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

तुला : सफल यात्राको योग छ। आँटेको र ताकेको कार्य पुरा होला। लामो समयदेखि प्रतीक्षा गरिएको काम पुरा हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सोचेको फल प्राप्त हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

वृश्चिक : रोकिएका काम सम्पादन हुने योग छ। अधुरा र रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजग रहनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। लगानी अवसर आएमा सोच-विचार गरेर मात्र गर्नु होला। आवेगमा गरेको लगानीले नोक्सानी मात्र हुनेछ।

धनु : विद्या र बुद्धिको विकास हुनेछ। गोपनीय ढङ्‌गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। ज्ञानमा वृद्धि हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आर्थिक समस्या सुल्झनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

मकर : अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ। साँझमा प्रेमी/प्रेमिकाले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग फाप्ने देखिएन।

कुम्भ : शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्। परिवारजनसँग भेटघाट हुनेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्नुअघि वृक्षारोपण गरेमा भविष्यमा उचित फल प्राप्त हुनेछ। हरियो रङको प्रयोग फलदायी छैन।

मीन : लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। सामाजिक कार्यमा बढी सफलता मिल्नेछ। नोकरी गर्नेका लागि सन्तोषजनक समय छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .