ad ad

समाज


चैत २५ को राशिफल : मीनको प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ, अन्यको के?

चैत २५ को राशिफल : मीनको प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ, अन्यको के?

पण्डित नारायणप्रसाद दुलाल
चैत २५, २०८० आइतबार ४:३४, काठमाडौँ

आज आइतबार, २५ चैत २०८० (७ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ। वाणीमा कुशलता आउने दिन परेको छ। दाम्पत्य सुखीमा रमाउने समय छ। यात्रा गर्ने अवसर पनि जुट्नेछ तर साँझमा केही पैसा खर्च हुनसक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। ‍प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसीक भोजन नगर्नु होला।

वृष : परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ। वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५२, सेयरबजारमा ५९, वैदेशिक कार्यमा ३५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। 

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ। सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् तर आफन्तहरूको सहयोगले काम बन्नसक्छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१, सेयरबजारमा ६८, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राकाो संभावना ७० र ‍सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। छलकपट नगर्ने।

कर्कट : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। बोल्दा विचार पुर्‍याउनु होला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ। दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४४, सेयरबजारमा ३१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यसैगरी यो राशि हुनेहरूलले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

सिंह : आजको दिन अविष्मरणीय सम्झनाहरूले  बित्नेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् कला र गलाको प्रभाव बढ्दै जानेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४३ प्रतिशत, व्यापारमा ३५, सेयरबजारमा ६२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५१ र सेयरबजारमा ६५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ रहेको छ।

यो राशि हुुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला : दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्यदिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

यसैगरी भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ६२ र शिक्षा क्षेत्रमा ७९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आवेगमा लगानी नगर्ने।

वृश्चिक : ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयरबजारमा ३९, वैदेशिक कार्य ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।  

धनु  : इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ। परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ।। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयरबजारमा ७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६४ प्रतिशत सफलताको योग छ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५२ प्रतिशत रहेको छ भने सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। गुलाबी रङको प्रयोग नगर्ने।  

मकर : आँटेको र ताकेको कार्य पूरा होला। बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। प्रेम सम्बन्ध पनि प्रगाढ हुदै जानेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ८० र शिक्षामा ५४ प्रतिशत सफलताको संभावना छ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ७१ प्रतिशत र सम्पूर्ण भाग्याङ्क  ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। झुट नबोल्ने।

कुम्भ : विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्।

भाग्यशाली रङ र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, सेयरबजारममा ३८, वैदेशिक कार्मा ६२ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। अखाद्य वस्तु सेवन नगर्ने।

मीन : आफ्नो विचार विपरित निर्णय हुनसक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सौन्दर्यतामा धन खर्च हुनेछ तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५ , व्यापारमा ४०, सेयरबजारमा ३७, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .