ad ad

राजनीति


ओलीलाई गगनको चुनौती– कांग्रेसले बेचेर खाएको उद्योग यो पटक खोलेर देखाउनुस् (भिडिओ)

ओलीलाई गगनको चुनौती– कांग्रेसले बेचेर खाएको उद्योग यो पटक खोलेर देखाउनुस् (भिडिओ)

नेपालखबर
चैत २४, २०८० शनिबार १८:४५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले उद्योग बेचेको आरोप लगाउने गरेको भनेर दिने गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीप्रति लक्षित गर्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन महामन्त्री थापाले चुनौती समेत दिए। 

‘एउटा कम्युनिष्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने काँग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ। ल अहिले कम्युनिष्ट पार्टीको सरकार छ। प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ। अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिष्ट पार्टीको सरकार छ,’ महामन्त्री थापाले भने, ‘काँग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपाली बजेट तपाईहरुले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा काँग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईले यो पटक खोल्नुस् ल।’

भिडिओ:

अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन उनको आग्रह  थियो। सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने थापाले बताए। 

‘नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस्। जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल। तपाईहरुको हातमा डाडु पनिउ छ खोल्नुस्। उहाँहरुले खोल्नुहुन्न, उहाँहरुलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .