ad ad

समाज


चैत २८ को राशिफल : कन्यालाई सरकारी निकायको भय, कर्कटलाई सुखद् यात्राको योग, तपाईंलाई?

चैत २८ को राशिफल : कन्यालाई सरकारी निकायको भय, कर्कटलाई सुखद् यात्राको योग, तपाईंलाई?

पण्डित नारायणप्रसाद दुलाल
चैत २८, २०८० बुधबार ४:५३, काठमाडौँ

आज बुधबार, २८ चैत २०८० (१० अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : तीर्थाटनको योग छ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयरबजारमा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६०, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ८७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष : लाभहानी, सुखदुख बराबरी रहनेछ। मन खिन्न हुने स्थिति आउनसक्छ। भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। संयम रहनु होला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४१, सेयरबजारमा ३५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने। 

मिथुन : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। प्राविधिक कार्यमा सफलता मिल्नेछ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ७५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ७९ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट : रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शुभ समाचार सुन्न पाइएला र समाचारले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, सेयरबजारमा ५१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

सिंह : ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५२, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।  

कन्या : सरकारी निकायको भय रहला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४१, सेयरबजारमा ३६, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग नगर्ने।

तुला : अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ।    

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७०, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। सेतो रङको प्रयोग नगर्ने।  

वृश्चिक : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागिता भइएला तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ।   

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५६, सेयरबजारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।। रोकिएका अधुरा पुराना कामहरू पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयरबजारमा ६७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्। अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७०, सेयरबजारमा ६२, वैदेशिक कार्यमा ८० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

कुम्भ : नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७०, सेयरबजारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।  

भाग्यशाली रङ आकाशे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७७, सेयरबजारमा ४५, वैदेशिक कार्यमा ८० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .