ad ad

समाज


गड्डाचौकी नाका तीन दिन बन्द हुने

गड्डाचौकी नाका तीन दिन बन्द हुने

नेपालखबर
बैशाख ३, २०८१ सोमबार २३:६, काठमाडौँ

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ।

उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने सूचनामा उल्लेख छ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतमा लोकसभा निर्वाचनअन्तर्गत चम्पावत जिल्लामा प्रथम चरणको मतदान हुने भएकाले नाका गर्न लागिएको बताए।

सूचनाअनुसार, मंलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्त हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन्।

‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिस्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .