ad ad

समाज


काठमाडौँ महानगरले आजदेखि महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण गर्ने, यस्ता महिला जोखिममा

काठमाडौँ महानगरले आजदेखि महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण गर्ने, यस्ता महिला जोखिममा

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ९:३, काठमाडौँ

काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ। 

आजदेखि वैशाख महिनाभरि स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर  सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ। 

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर सञ्चालन गरिने महानगरले जनाएको छ। 

त्यसैगरी रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले स्वास्थ्य सेवा लिन पाउने महानगरपालिकाले जनाएको छ। 

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ। 

कामनपा ३१ भीमसेनगोलामा आज र भोलि शिविर सन्चालन गर्न लागिएको छ। वडा नम्बर २५ र २७ को इनबहालमा ७, ९ र १० गते, वडा नं ३ महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते निःशुल्क परीक्षण हुनेछ। 

यस्तै वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५ स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ। रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट ९छाप्रे०, कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउनेछन्। 

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ।

यसअघि महानगरले आफ्ना महिला जनप्रतिनिधि र कर्मचारीको लागि मंगलबार राष्ट्रिय सभा गृहमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको थियो। 

काठमाडौँ महानगरका स्वास्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनकाअनुसार शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण हुन्छ । यसपछि भिडियो एक्सरे हुन्छ। यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका चिन्ह देखियो भने मेमोग्राम गराइन्छ। 

यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ । यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ।  

महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ। प्रजनन उमेर समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा.लम्सालको सुझाव छ। 

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्यु हुने अध्ययनले देखाएको छ।

३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ। लम्सालका अनुसार १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्क भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु क्यान्सरको जाखिममा हुन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .