ad ad

समाज


वृष र धनुले गोपनीय ढङ्गले काम गर्नु उपयुक्त, मकरलाई दौडधुपबाट लाभ : वैशाख ६ को राशिफल

वृष र धनुले गोपनीय ढङ्गले काम गर्नु उपयुक्त, मकरलाई दौडधुपबाट लाभ : वैशाख ६ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ६, २०८१ बिहिबार ५:१२, काठमाडौँ

आज बिहीबार, ६ वैशाख २०८१ (१८ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दुबिधा उत्पन्न हुन सक्छ। ठीक मानेर गरेको कामबाट आफैँलाई सन्तुष्टि नमिल्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आर्थिक कारोबारमा विवाद आउन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्दा बढी सफलता प्राप्त हुनेछ। सजिलै अरूको विश्वासमा नपर्नु होला।

वृष : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरेको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शुभकार्यमा सरिक भइनेछ। समाजसेवामा मन लाग्नेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मिथुन : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम सुरु हुन सक्छन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले प्रेमिकाको विचारलाई समर्थन गर्नेछन्। खानपिन र स्वास्थ्यप्रति सावधान रहन आवश्यक छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : नवीन कार्यको योजना बन्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिएमा पुण्य प्राप्ति होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

सिंह : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। लाभ-हानि, सुख-दुःख बराबरी खालको समय छ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा सोचेअनुरुप काम बन्नेछ। तामसिक भोजन नगर्नु होला।

कन्या : दैनिक कार्यमा सफलता पाइनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

तुला : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। प्रविधिमार्फत टाढाका नातागोता, परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नु हितकर छ। तर, सजिलै अरूको विश्वास भने नगर्नु होला।

वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। बजारको यात्रा हुनेछ। साँझमा भने कलहको योग छ र आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिँदा पितृ खुसी हुनेछन्। खैरो रङको प्रयोग नगरेकै बेस।

मकर : कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। यात्राको क्रममा सचेत रहनु पर्छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। शुभकार्यमा सरिक भइएला। मान-सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम चाहिँ नगर्नु होला, यसले अन्तत: आफैँलाई हानि गर्नेछ।

मीन : दक्षिणा हात पर्न सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट फाइदा मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .