ad ad

समाज


इजरायलमा बेपत्ता विपिनका परिवारले भेटे राष्ट्रपति, सकुशल उद्धारको पहल गरिदिन आग्रह

इजरायलमा बेपत्ता विपिनका परिवारले भेटे राष्ट्रपति, सकुशल उद्धारको पहल गरिदिन आग्रह

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १४:२८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा बेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छ। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर सो आग्रह गरेको हो।  

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .