ad ad

समाज


पेस्तोल र गोलीसहित एक जना पक्राउ

पेस्तोल र गोलीसहित एक जना पक्राउ

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १५:३४, काठमाडौँ

गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट एक जना पक्राउ परेका छन्। 

काभ्रेपलान्चोक रोसी गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल र ४ राउण्ड सोही पेस्तोलको गोली समेत बरामद भएको छ। 

उनी गोकर्णेश्वर-६ नयाँबस्ती बस्दै आएका थिए। 

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .