समाज


राशिफल १४ वैशाख : आज तपाईँ प्रेममा कति सफल? हेर्नुस् आफ्नो भाग्याङ्‌क

राशिफल १४ वैशाख : आज तपाईँ प्रेममा कति सफल? हेर्नुस् आफ्नो भाग्याङ्‌क

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १४, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, १४ वैशाख २०८१ (२६ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सामान हराउन सक्छ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष : अतिथिका रूपमा सम्मान पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। चिताएको कामले तीव्रता लिनेछ। प्रेमीबाट विषेश सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङको प्रयोग नगरेकै बेस।

कर्कट : दैनिक काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा बाधा व्यवधान रहन सक्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा भने सफल यात्राको योग छ।

भाग्यशाली रङ पिंक र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५९, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। खैरो रङको प्रयोग अनुकूल छैन।

सिंह : बजार घुम्ने अवसर मिल्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। रमाइलो यात्राको सम्भावना छ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा पनि ६८ , वैदेशिक कार्यमा ७२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

तुला : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। वित्तीय संस्थाबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

वृश्चिक : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। तर्कमा सफलता मिल्नेछ। प्रेम मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। वादविवादमा नपरेकै राम्रो।

धनु : अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। विवेकले काम नगर्न सक्छ। खानपिनमा सचेत रहनु नै उचित हुनेछ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। अनावश्यक पारिवारिक जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मकर : स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला। धार्मिक कार्य र सभा समारोहमा सरिक हुने सम्भावना छ। रमाइलो यात्राको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

मीन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रोकिएका काम पूरा हुन सक्छन्। स्वादिष्ट भोजन पाइनेछ। नोकरीबाट मानसम्मान मिल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .