पत्रकार नवीन काजी राई मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
गएराति काठमाडौँको दरबारमार्गमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो।
मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
टाउकामा चोट लागेका उनलाई ट्रमा सेन्टरपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।
नेपालप्रेसमा कार्यरत पत्रकार राईको अवस्था गम्भीर रहेको छ।
1.8k
Shares
प्रतिक्रिया