ad ad

समाज


पत्रकार बल्लभ भण्डारीको निधनप्रति महासंघ स्तब्ध

पत्रकार बल्लभ भण्डारीको निधनप्रति महासंघ स्तब्ध

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १७:४७, काठमाडौँ

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको निधन भएको छ।

भण्डारीको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको महासंघले जनाएको छ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी शोक विज्ञप्तिमा भण्डारीको निधनबाट महासंघ स्तब्ध भएको जनाइएको छ।

ब्लड क्यान्सरबाट पीडित भण्डारीको केही समयदेखि उक्त अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा जेठ १४ गते सोमबार निधन भएको हो। भण्डारीका श्रीमती र एक छोरी छन्।

झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चको प्रकाशन स्वास्थ्य सन्देश मासिकको सम्पादकका रूपमा कार्यरत थिए।

भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको महासंघले शोक विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .