ad ad

खेल


क्यानडासँग नेपालको लगातार दोस्रो हार

क्यानडासँग नेपालको लगातार दोस्रो हार

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८१ सोमबार ५:५६, काठमाडौँ

ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। 

क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो। 

सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो। 

नेपालले दिएको १ सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो। 

क्यानडाका लागि नवनित डालीवालले सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान लिए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। पारगत सिंहले ६४ रन थपे। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। 

हर्ष ठाकेरले १३ र कप्तान निकोलस पुरन ११ रनमा अविजित रहे। 

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी, ललित राजवंशी र गुल्सन झाले समान एक एक विकेट लिए। 

त्यसअघि क्यानडाको किंग सिटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि सन्दीप लामिछानेले बनाएको ४९ रन नै सर्वाधिक रह्यो। ४८ बलमा ५ चौका र १ छक्का हानेका लामिछाने अर्धशतक नजिक पुगेर चुके। 

क्यानडाविरुद्ध खराब प्रर्दशन गरेको नेपाल एक समय २७.१ ओभरमा ७–८७ को स्थितिमा थियो। 

आठौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सोमपाल २१ रन बनाउँदा साद विन जफरको बलमा बोल्ड आउट भए। 

नेपालको शीर्षक्रमको ब्याटिङलाइन ध्वस्त हुँदा मध्यक्रमका ब्याटर दबाबका बीच लामो समय क्रिजमा सकेनन्।  करण केसी २४ रनमा क्याच आउट भए। 

ओपनर अर्जुन साउद र पाचौँ नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले समान १० रन बनाएर पेभेलियन फर्के। 

एक समय नेपाली टोली १२ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदा ३६ रनको दयनिय अवस्थामा पुगेको थियो। 

आशिफ शेख २, भिम सार्की ४, कप्तान रोहित पौडेल ४ र अनिल शाह १ रनमा आउट भए। गुल्सन झा ३४ रन बनाउँदा क्याच आउट हुन पुगे। 

क्यानडाका लागि कलिम साना एक्लैले तीन विकेट लिए। हर्ष ठाकेर र डिलोन हेलिगंरले समान २ विकेट लिए। प्रविन कुमार र सादविन जफरले एक–एक विकेट आफ्नो नाममा गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .