दैलेखमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। दुल्लु नगरपालिका–१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबिरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
गणेशले जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनबिरेको दुल्लु अस्पताल दैलेख हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो।
त्यसलगत्तै प्रहरीले छोरा गणेशलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया