एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार समूह चरणको अन्तिम खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार पुरुषतर्फको पहिलो सेमिफाइनलमा पल्सर सिइसी काठमाडौँ र पल्सर सिइसी भक्तपुर खेल्नेछन्।
दोस्रो सेमिफाइनलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टर खेल्नेछन्।
काठमाडौँ समूह ए को विजेता र भक्तपुर उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। हिमालयन भने समूह बी को विजेता र भक्तपुर उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
बिहीबार भएको खेलमा ग्रेट हिमालयल एकेडेमीले भक्तपुरलाई २१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
हिमालयनले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाउन सक्यो।
भक्तपुरका विपिन आचार्यले सर्वाधिक ६० रन बनाएपनि टोलीको हार टार्न सकेनन्। स्वरुप श्रेष्ठले १५ र दिनेश सुवेदीले ११ रन थपे।
हिमालयनका सन्दीप पराजुली, अविशेक थापा, चन्द्रकान्त पौडेलले समान २ विकेट लिए।
हिमालयनका इशान पाण्डेले ३९, दिनेश बुढामगरले २१ र समिर कँडेलले २० रन बनाए। भक्तपुरका भुपेन्द्र चन्द, स्वरुप श्रेष्ठ र किरण चन्दले समान २ विकेट लिए।
महिलातर्फ भने ललितपुरले भक्तपुरलाई ४३ रनले हराएको छ। ललितपुरले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो। त्यसअघि ललितपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २५ रनको योगफल तयार पारेको थियो।
महिलातर्फको उपाधिका लागि काठमाडौँ र ललितपुर भिड्नेछन्। फाइनल खेल शनिबार हुनेछ।
Shares
प्रतिक्रिया