ad ad

समाज


माछा मार्न गएका २ जना बेपत्ता, एकको शव फेला

माछा मार्न गएका २ जना बेपत्ता, एकको शव फेला

सांकेतिक तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार १६:२३, काठमाडौँ

मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढीखोलामा माछा मार्न गएका तीन जनालाई खोलाले बगाएको छ।

ती मध्ये १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा सुन्दरहरैँचा ५ की २२ वर्षीया प्रेमकला चौधरी रहेकी छन्।

मंगलबार दिउँसो स्थानीय ६० वर्षीया असरादेवी चौधरी, ३० वर्षीया फुला चौधरी, २२ वर्षीया स्वस्तिका चौधरी र २२ वर्षीया प्रेमकला चौधरी बुढी खोलामा माछा मार्न गएका थिए।

वर्षासँगै आएको बाढीले उनीहरुलाई बगाएको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीको शव खोला किनारमा फेला पारेको थियो।

स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ। बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानीय प्रहरीले खोजी गरिरहेको कोशी प्रदेश प्हरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .